काठमाडौं महानगरका मात्र ७ हजार ४ सय ९६ घरमा क्षति, भूकम्पपछि भवनको जाँचमा सयौँ इन्जिनियर खटिए


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????भूकम्पपछि काठमाडौँ उपत्यकाका घरको अवस्था निक्र्यौल गर्न तथा बस्नयोग्य रहे÷नरहेको यकिन गर्न सयौँ इन्जिनियर स्वयम्सेवकका रुपमा खटिएका छन् । भूकम्पबाट क्षति भएका घरको जाँच गरी सर्वसाधारणलाई यथार्थ जानकारी दिन नेपाल इन्जिनियर्स एसोसिएसनले आह्वान गरेको सूचनाका आधारमा अहिले राजधानीमा एक हजार ५०० भन्दा बढी इन्जिनियर स्वयंसेवी रुपमा काम गरिरहेका छन् । सहरी विकास तथा भवन निर्माण विभागले भूकम्पबाट क्षति भएका सरकारी भवनको मात्र जाँच गरिरहेकाले निजी क्षेत्रका घर बस्नयोग्य छन्÷छैनन् भन्ने जाँचका लागि सरकारले एसोसिएसनलाई परामर्श गरी अन्य संघसंस्थाको सहयोगका साथ अनुमति दिएको थियो । एसोसिएसनले भूकम्पबाट क्षति भएका घरको जाँच गर्न यही वैशाख १६ गते सूचना निकालेपछि त्यसलगत्तै सयौँको सङ्ख्यामा सिभिल, आर्किटेक्चरल, स्ट्र्क्चरल, जिओलजीकल इन्जिनियर स्वयंसेवीका रुपमा काम गर्न इच्छुक भएर कार्यालयमा भेला भएका एसोसिएसनका अध्यक्ष ध्रुवराज थापाले जानकारी दिनुभयो । एसोसिएसनले वैशाख १७ गतेदेखि नै एक हजार ५०० भन्दा बढी इन्जिनियरलाई विभिन्न विषयका विज्ञबाट अभिमूखिकरण तालिम दिई दुई सयभन्दा बढी समूहमा विभाजन गरी राजधानीका तीनै जिल्लामा काममा खटाएको छ । इन्जिनियरले वैशाख १८ गते ५६३, १९ गते ९९३ र आज करिब एक हजार भूकम्पले क्षति पु¥याएका घरमा पुगी बस्न योग्य छन् वा छैनन् भन्ने जाँच गरी सर्वसाधारणलाई त्यसको सूचना दिएको अध्यक्ष थापाले बताउनुभयो । एसोसिएसनको कार्यालयमा अहिले बिहानदेखि साँझसम्म ०१५०१०२५१, ०१५०१०२५२, ०१५०१०२५३ र ९८४१२६००२६ नम्बरका टेलिफोनमा भूकम्पले क्षति पु¥याएका घरका घरधनीले दिने सूचनाका आधारमा इन्जिनियरहरुले स्थलगत रुपमा जाँच गर्दै आएका छन् । एसोसिएसनले एक हप्ताभित्रमा भूकम्पले क्षति गरेका उपत्यकाका सबै घरको जाँच कार्य सकिने र भोलिदेखि थप अभिमूखिकरण तालिम दिएर केही समूहलाई उपत्यका बाहिरका भूकम्प प्रभावित जिल्लामा पनि पठाउने केन्द्रीय सदस्य विश्वराज काफ्लेले बताउनुभयो । इन्जिनियरको नाममा केही व्यक्तिले विभिन्न घरमा प्रवेश गरी नगद, गरगहना र महँगा सामान चोरी गरिरहेको समाचार आइरहेको जानकारी गराउँदै केन्द्रीय सदस्य काफ्लेले एसोसिएसनको आधिकारिक परिचयपत्रका आधारमा मात्र घरभित्र अपरिचित व्यक्तिलाई प्रवेश दिन सर्वसाधारणलाई सचेत गराउनुभयो । इन्जिनियरले भूकम्पबाट क्षति भएका घरको रातो (बस्न नमिल्ने), पहेँलो (केही समय र केही स्थानमा सावधानी अपनाएर बस्न मिल्ने) र हरियो (बस्न मिल्ने) गरी तीन भागमा वर्गीकरण गरी रेकर्ड समेत राखेका छन् । घरको क्षतिपूर्तिका सम्बन्धमा पछि आउन सक्ने विवादलाई मध्यनजर गरी एसोसिएसनले हाल त्यस्ता रातो, पहेँलो र हरियो स्टिकर नटाँसी घरको अवस्थाका बारेमा मौखिक रुपमै जानकारी मात्र दिने गरेको छ । क्षति भएका घरको अवस्थाका बारेमा जाँच गरी घरभित्र जान डराइरहेका सर्वसाधारणलाई यथार्थ जानकारी दिन पाउँदा गौरव महसुस भएको स्वयंसेवी रुपमा काम गर्दै आएकी आर्किटेक्ट इन्जिनियर एलिसा ताम्राकारले बताउनुभयो । यही वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको विनाशकारी ‘गोरखा भूकम्प’मा परी मुलुकभर एक लाख ८८ हजार ८०६ घर पूर्णरुपमा क्षति भएका थिए भने एक लाख ७० हजार ९१८ घरमा आंशिक क्षति भएको थियो । त्यस्तै, १० हजार ५३१ सरकारी भवन पूर्ण रुपमा क्षति भएका र १४ हजार २६८ सरकारी कार्यालयमा आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
भूकम्पबाट काठमाडौँ महानगरपालिकाका सात हजार ४९६ घर क्षतिग्रस्त भएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार व्यक्तिका एक हजार ६५५ घर पूर्ण रुपमा ध्वस्त भए भने पाँच हजार ७९७ घरमा आंशिक रुपमा क्षति पुगेको थियो ।यसैगरी २३ वटा सार्वजनिक भवन तथा विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त र २१ वटामा आंशिक क्षति भएको छ । यसैबीच भूकम्पका कारण बागदरबारस्थित महानगरपालिकाको कार्यालयमा क्षति भएपछि महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सरेको छ । यसैबीच सहरी विकास विभागले काठमाडौँ उपत्यकाका नगरपालिकाका इञ्जिनियरलाई उपत्यकामा जोखिममा रहेका घरको व्यवस्थापनका लागि एक दिवसीय प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षणमा बस्न योग्य घरको अध्ययन, इँटाबाट बनेको घरको जोखिम , पिलरवाला घरको जोखिम कुन जोखिमलाई सामान्य मान्ने, सडकमा बसेकालाई घरमा सर्न आश्वास्त पार्ने, चर्किएका घरको क्षति मूल्याङ्कनलगायत विषयमा प्रशिक्षण दिइएको इञ्जिनियर उत्तर रेग्मीले जानकारी दिनुभयो ।
धनकुटामा एक हजार तीन सय बढी घरमा क्षति
भूकम्पबाट जिल्लाका एक हजार ३०० घरमा क्षति भएको छ । दैवी विपत्तिबाट भएको भौतिक क्षतिको विवरण आउने क्रम पनि जारी छ । जिल्लाप्रहरी कार्यालयका अनुसार यहाँका चार सय बढी घर भत्केका छन् भने करिब ९०० घरमा आंशिक क्षति भएको पुगेको जिल्लाका प्रहरी प्रमुख प्रदीपकुमार श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]