आज बुद्ध जयन्ती, कार्यक्रम परिमार्जन गरी मनाइदै


buddhaआज सोमबार शाक्यमुनि भगवान् बुद्धको जयन्ती देशभर मनाइँदै छ । प्रत्येक वर्षको वैशाख शुक्लपूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलनअनुरुप भोलि बुद्ध जयन्ती मनाउन लागिएको हो । बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने डेढ महिनाअघिदेखि तयारी गरिएको भएपनि देशमा भूकम्पका कारण परेको विपत्तिका कारण यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम परिमार्जन गरिएको छ । राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह समितिले यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण (मोक्ष प्राप्ति) र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै मनाउने जनाएको छ । समितिका संयोजक एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान बज्राचार्यका अनुसार सम्पूर्ण बौद्ध सङ्घसंस्थालाई पीडितको उद्धार तथा राहतमा सहयोग पु¥याउन आग्रह गरिएको छ । पछिल्ला वर्षमा स्वदेशमा मात्र नभएर विदेशमा पनि बुद्ध जयन्ती भव्यताकासाथ मनाउने प्रचलन बढ्दै गएको छ । सिद्धार्थ गौतमको जन्म ईसापूर्व ५६३ तिर नेपालको लुम्बिनीमा भएको थियो । वैशाख शुक्ल पूर्णिमाको दिन जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए । निरन्तर ४५ वर्षसम्म बुद्ध धर्मको प्रचार गरेपछि ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन भारतको कुशीनगरमा बुद्धको महापरिनिर्वाण भएको थियो । विश्वभर शान्ति, मैत्री, करुणा र अहिंसामा आधारित बुद्ध धर्मलाई शान्तिको धर्मका रुपमा लिँदै आइएको छ ।
सुनसान स्वयम्भू
भूकम्पका कारण देश र देशवासी शोकाकूल भएकाले स्वयम्भूनाथ चैत्यमा भोलि बुद्ध जयन्ती समारोह नहुने भएको छ । स्वयम्भूनाथ व्यवस्थापन समितिले पुरातात्विक महत्वको उक्त स्थान अहिले लथालिङ् भएकाले प्राचीन सामग्री हराउन सक्ने सम्भावनालाई दृष्टिगत गरी समारोहसमेत आयोजना नगर्ने निर्णय गरेको हो । पुरातत्व विभागले पनि उक्त स्थानमा समारोह आयोजना गर्न उपयुक्त नभएको ठहर गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]