राहत तथा उद्धारका लागि आउने विदेशीले आफ्नो व्यवस्था आफैँ गर्न परराष्ट्रको आग्रह


Pro_ktm_ Foregin Minister Mahindra bahadur panday (2)परराष्ट्र मन्त्रालयले भूकम्पबाट प्रभावित जनताको राहत, उद्धारका लागि आउन चाहने विदेशी सङ्घ, संस्था तथा नागरिकलाई आफ्नो व्यवस्था आफैँ गर्न आग्रह गरेको छ । मन्त्रालयले साँझ एक विज्ञप्ति प्रकाशित गरी गत शनिबार गएको भूकम्पमा परी जनधनको क्षति भएकाको उद्धार तथा राहतका लागि आउने विदेशी सङ्घसंस्था र नागरिकले आफ्ना लागि खानेबस्ने तथा यातायातलगायतको व्यवस्था आफैँ गर्न आग्रह गरेको हो । यस्तै औषधि, चिकित्सक तथा अन्य उद्धारका सामग्री ल्याउँदा अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल गर्न र सहयोगमा मानवीय आवश्यकतालाई ख्याल गर्नसमेत आग्रह गरिएको छ । यस्तै, राहत तथा उद्धार सामग्री ल्याउँदा सरकारी निकायलाई जानकारी गराउन र सरकारी निकायबाटै वितरणको व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । यसैबीच, मन्त्रालयले भूकम्प पीडितका लागि राहत तथा उद्धार सामग्री पठाउँदा अपनाउनुपर्ने विधि र नियमका बारेमा सम्बन्धित मुलुकमा रहेका दूतावासमार्फत जानकारी गराइएको उल्लेख गरेको छ । यस्तै, संयुक्त राष्ट्रसङ्घ, विभिन्न कूटनीतिक निकाय तथा अन्य साझेदार निकायलाई समेत उद्धार तथा राहतका सामग्रीको प्राथमिकता सूची बारेमा समेत उल्लेख गरिसकिएको जनाएको छ । के कस्ता सामग्री पठाउने र त्यसको मापदण्ड के हुने भन्नेबारेमा समेत सूची नै उपलब्ध गराइएको तथा सोही सूचीको आधारमा मात्रै अत्यावश्कीय सामग्री पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]