खोज तथा उद्धारमा सेनाको सक्रियता जारी


Rss_Images_1430576032766_239-04 नेपाली सेनाले भूकम्पपीडित जनताको राहत तथा उद्धारको कामलाई निरन्तरता दिएको छ । सेनाले आफूसँग भएको जनशक्ति ,साधन र स्रोतलाई अधिकतम प्रयोग गरी उद्धार, राहत तथा भग्नावशेष हटाउने कार्य जारी राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाले आज सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा, ओखलढुङ्गा, काभ्रे, रामेछाप, रसुवा, नुवाकोट, मकवानपुर, काठमाडौँ, भक्तपुर र ललितपुरमा १५ ट्रक राहत सामग्री दुई हजार ५६० पाल, विभिन्न किसिमका राहत सामग्री ,३५ किलो चाउचाउ, चिउरा, बिस्कुट वितरण गरेको छ । यस्तै ब्ल्याङकेट कपडा, चिनी र चामल र धर्मस्थलीका भूकम्प पीडितलाई तारकेश्वर नगरपालिकामा ७० थान पाल वितरण गरिएको छ । यस्तै सैनिक श्रीमती सङ्घले काठमाडौँ जितपुरफेदीमा राहत सामग्री प्रदान गरेको छ । Rss_Images_1430576058800_239-03सेनाले रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा भूकम्पबाट पूरिएका ३४ जना स्थानीय, जर्मन, इटालियन, मलेसियन नागरिक एक÷एक जना र परिचय नखुलेका एक विदेशी नागरिक र पथप्रदर्शक एक गरी ४२ शवको उत्खनन गरेको छ । काठमाडौँको गोंङ्गबुबाट तीन जना, महाबौद्धका एक र विजेश्वरीबाट एक गरी पाँच शव भग्नावशेषबाट निकालेको छ । यस्तै सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा, ओखलढुङ्गा, रसुवा र सोलुखुम्बुबाट स्वदेशी ४४७ र ८० जना विदेशी घाइतेको उद्धार गरेको छ । यस्तै सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आज बालाजु, बाइपास तथा औद्योगिक क्षेत्रको बाटो सूचारु गर्न तथा धरहरा, हनुमानढोका मन्दिर परिसर, दरबार हाइस्कुल, स्वयम्भू, पाटन कृष्ण मन्दिर र न्यातपोल भक्तपुरमा खोज, उद्वार तथा भत्किएका भग्नावशेषहरू हटाउने कार्य गरेको जनाएको छ । सेनाले हालसम्म वीरेन्द्र सैनिक अस्पतालमा भूकम्पपीडित घाइते बिरामीमध्ये ९३८ को उपचार गरिसकेको, १२९ को शल्यक्रिया गरेको र २४८ जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि विभिन्न स्थानबाट ल्याएको छ ।Rss_Images_1430576077054_239-02 सेनाले दिनभरिमा उपत्यकाका विभिन्न ३८ वटा केन्द्रमा १६ वटा पानी ट्याङ्करद्वारा तीन लाख ११ हजार लिटर खानेपानी वितरण गरेकोे छ । उपत्यकाभित्र नौ र उपत्यका बाहिर एक गरी जम्मा १० वटा शिविरमा जम्मा २५ हजार एक सय जनालाई ६४२ वटा पालमा अस्थायी शिबिर बनाइ राखेको छ । विपत्को खोज, उद्धार, राहत, भग्नावशेष हटाउने एवम् राहत सामग्री वितरण तथा औषधोपचारका लागि अहोरात्र खटिइरहने सेनाले पुनः प्रतिबद्धता जनाएको छ । भूकम्पपीडितको खोजी, उद्धार र राहत कार्यलाई सेनाले ‘सङ्कटमोचन अप्रेशन’ नाम दिएर अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]