राष्ट्रसङ्घीय उपमहासचिवले भने उद्धार तिव्र बनाउन जस्तोसुकै सहयोग गर्न तयार


?????????????????????????????????संयुक्त राष्ट्रसङ्घ र युरोपेली आयोगले भूकम्पबाट प्रताडित नेपाल र नेपालीलाई एक्लो महसुस नगर्न आग्रह गर्दै नेपालप्रति आफूहरूको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मानवीय मामिला तथा आपतकालीन राहत समन्वयका लागि संयुक्त राष्ट्रसङ्घका उपमहासचिव भ्यालेरी आमोस र युरोपेली आयोगका मानवीय सहयोग तथा विपद् व्यवस्थापन आयुक्त क्रिष्टोस स्टेलियान्डेसले ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर प्राकृतिक विपत्तिको विषम परिस्थितिमा राहत तथा उद्धारका काम द्रुत गतिमा अघि बढाउन जस्तोसुकै सहयोग गर्ने बताउनुभयो । उहाँहरूले भूकम्पपीडितलाई सुरक्षित बासको व्यवस्था गर्नु सबैभन्दा महत्वपूर्ण एवम् पहिलो प्राथमिकताको काम हुनुपर्ने बताउँदै पानी, खाद्य पदार्थ, सरसफाइ, आकस्मिक स्वास्थ्य सेवाको सुनिश्चितता उत्तिकै अपरिहार्य भएको बताउनुभयो । उहाँरूले भन्नुभयो, “ती सेवा प्रवाहमा युरोपेली सङ्घ र राष्ट्रसङ्घले कार्ययोजना तयार पारेको छ, नेपाल सरकारका अधिकारीहरूसँग मिलेर राहतका काम चाँडै अघि बढाउँछौँ ।” नेपाल सरकारसँगको समन्वयमा राहत तथा उद्धारका साथै स्वास्थ्य सेवा प्रवाहमा चौबिसै घन्टा खटेर गरेको कामको सराहना गर्दै उहाँहरूले उनीहरूलाई नायकको संज्ञा दिनुभयो । राहत सामग्री दुर्गम भेगमा नपुगेकोमा दुःख व्यक्त गर्दै उहाँहरूले प्रतिकूल मौसमका कारण त्यसो भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]