एमाओवादीले तीस लाख सहयोग गर्ने, अध्यक्षको नेतृत्वमा उद्धार तथा राहत अगाडि बढाइने


Prachandaएकीकृत नेकपा९माओवादी०ले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा रु ३० लाख सहयोग गर्ने भएको छ । एमाओवादीको संसदीय दलको आज बसेको बैठकले भूकम्प पीडित जनतालाई सहयोग गर्न सो सहयोग रकम घोषणा गरेको हो । सरकारले अगाडि सारेको राहत, उद्धार कार्य प्रभावकारी नभएको तथा केही जिल्लामा राजनीतिक आग्रह तथा पूर्वाग्रहका आधारमा प्रदान गरिएको भन्दै सो दलले आपत्ति प्रकट गरेको छ । एमाओवादीले भूकम्पमा परी निधन भएका प्रतिपरिवारलाई रु तीन लाख राहत उपलब्ध गराउन, क्षति भएका आवास तथा घरको प्रकृतिका आधारमा प्रतिपरिवार रु पाँच लाखदेखि रु १० लाख उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पुनःनिर्माण अगाडि बढाउन दक्ष प्राविधिकसहित केन्द्रीय पुनःनिर्माण आयोग गठन गरी दीर्घकालीन रुपमा समस्या समाधानको प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिनुभयो । यस्तै घाइतेको उपचारका साथै अङ्गभङ्ग भएका व्यक्तिलाई प्रतिपरिवार रु एक लाख उपलब्ध गराउन र बजारमा अत्यावश्यकीय पदार्थको अभाव देखाएर जनतालाई पीडामाथि पीडा दिनेहरुलाई कडा कारवाही गर्न सो दलले माग गरेको छ ।
व्यवस्थापिका–संसद्को बैठक बोलाउन माग
एमाओवादीले मुलुकको विषम परिस्थितिमा जनताको समस्या समाधान गर्न विपत्तीलाई प्रभावकारी रुपमा सहन गर्नका लागि व्यवस्थापिका–संसद्को बैठक बोलाउनुुपर्नेमा जोड दिएको छ । सरकारले संसदको बैठक बोलाउन आनाकानी गरिरहेको र जनताको समस्याप्रति गैरजिम्मेवार बनेको आरोप समेत लगाएको छ ।
‘‘छिमेकी मित्रराष्ट्र भारतको संसदमा नेपालको भूकम्पका बारेमा छलफल भएको र प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफ दिएको भएपनि नेपालमा भने सरकारले त्यसतर्फ ध्यान दिएको छैन । यो विषय गम्भीर रहेको छ’’अध्यक्ष दाहालले भन्नुभयो ।
सर्वदलीय अनुगमन संयन्त्र बनाउन माग
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एमाओवादीले संविधानसभाभित्र र बाहिर रहेका दलहरु सम्मिलित सर्वदलीय संयन्त्र बनाउन माग गरेको छ । सरकार र सरकारी संयन्त्रले राजनीतिक पूर्वाग्रहका आधारमा उद्धार तथा राहत वितरणको काम गरिरहेको भन्दै एमाओवादीले पुनः सो संयन्त्र बनाउन सरकारसँग आग्रह गरेको हो ।
अध्यक्षको नेतृत्वमा नै उद्धार तथा राहतमा खट्ने
एमाओवादीले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा नै भूकम्प पीडितको राहत तथा उद्धारमा खट्ने निर्णय गरेको छ ।
सो टोलीमा पूर्व जनमुक्ति सेना, योङ कम्युनिस्ट लिग, जनवर्गीय सङ्गठन तथा भातृ सङ्गठनलाई परिचालन गर्ने निर्णय समेत गरेको छ । एमाओवादीले यस अघि नै केन्द्रीय दैवी प्रकोप तथा राहत समिति गठन गरिसकेको छ भने भूकम्प प्रभावित १२ जिल्लामा केन्द्रीय नेताहरु समेत परिचालन गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]