१५ देशका उद्धार टोली सक्रिय, भारत, चीन र टर्कीको टोली उत्कृष्ट काम गर्दै


????????????????????????????????????????????????????????????????????????? विश्वका १५ मुलुकबाट आएको औषधिसहितको उद्धार टोलीले अहोरात्र खटेर भूकम्प प्रभावित जिल्लामा उपचार र खोजी कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । भूकम्पबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य शिविर सञ्चालन र राहत कार्यमा सहयोग पु¥याउन भारत, चीन, पाकिस्तान, श्रीलङ्का, टर्की, बङ्गालादेश, इजरायल, नेदरल्यान्ड, भूटान, पोल्यान्ड, अमेरिका, जापान, मलेसिया, फ्रान्स, स्पेन र सिङ्गापुरबाट टोली नेपाल आइसकेका छन् । नेपाली सेनाको संयोजनमा ती उद्धार टोली विभिन्न जिल्लाका प्रभावित क्षेत्रमा १५ घन्टासम्म खटिएर जिम्मेवारी सम्हालिरहेका छन् । उद्धार तथा खोजीका लागि टर्कीको विश्व विख्यात एउटा टोलीसमेत नेपाल आएको छ । सो क्रममा भारतबाट उपचारका लागि १५ र उद्धार तथा खोजीका लागि १२ टोली नेपाल आइसकेको छ । भारत सरकारले भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सातवटा एमआई १७ सहित ११ वटा हेलिकोप्टर उपलब्ध गराएको छ । त्यस्तै, चीन सरकारले उपलब्ध गराएको छ वटा उद्धार र दुईवटा उपचार टोलीले गहिरो अध्ययन र सुझबुझका साथ उद्धार र उपचार सेवा पु¥याइरहेको छ । गत शनिबार आएको विनासकारी भूकम्पबाट मुलुकका ११ जिल्ला निकै प्रभावित रहेकाले विदेशी उद्धार टोलीलाई नेपाली सेनाले ती जिल्लामा परिचालन गरेको छ । ?????????????????????????????????????????????????????????????????????????????उपचार एवम् उद्धार र खोजीको काममा नेपाललाई सहयोग गर्न पाकिस्तानले तीन उद्धार र दुई उपचार, श्रीलङ्काले एक उपचार, टर्कीले कुकुरसहितको दुई उद्धार, बङ्गलादेशले एक उपचार टोली पठाएको छ । इजरायलले मोबाइल अस्पताल र विशेषज्ञसहितको २४ जना उपचार तथा १६२ को उद्धार टोली उपलब्ध गराएको छ । नेदरल्याण्डबाट ६२ जनाको उपचार र उद्धार, भुटानबाट ६२ जनाको उपचार, पोल्याण्डबाट ८१ जनाको उद्धार र उपचार, अमेरिकाबाट २५ जनाको औषधिसहितको उद्धार टोली आएको छ । यस्तै जापानले दुवै कार्यका लागि ७६, मलेसियाले ४७ जनाको उपचार, फ्रान्स र स्पेनले संयुक्त रुपमा पठाएको १५ जनाको उपचार टोलीले नेपालीहरूलाई मुलुकका विभिन्न भागमा पुगेर सहयोग पु¥याइरहेका छन् । सिङ्गापुरबाट भूकम्पमा परेर समस्यामा परेका नेपालीलाई उद्धार र सहयोग गर्न १०६ सदस्यीय टोली यहाँ आएको छ । विदेशी मुलुकबाट आएका टोलीलाई नेपाली सेनालगायतका सुरक्षाफौजबाट आवश्यक समन्वय र सहयोग भइरहेको टर्कीबाट आएको टोली प्रमुख अनलुटले बताउनुभयो । उक्त टोली दैनिक १५ घन्टासम्म खोजी तथा उद्धारमा खटिरहेको छ । उसको काम गर्ने शैलीको र प्राप्त नतिजालाई धेरैले प्रशंसा गरेका छन् । नेपाली सेनाले भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो कुल दरबन्दीको ९० प्रतिशत फौजलाई खोज, उद्धार तथा राहत कार्यमा खटाएको छ । यसैबीच आज नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी भूकम्प प्रभावित रसुवा जिल्लाको लाङटाङ, घोडातवेला, स्याफ्रुवेशी, क्यान्जिन गुम्बा तथा धुन्चे इलाकाहरूबाट विभिन्न राष्ट्र (बेल्जियम, क्यानडा, स्विडेन, स्पेन, इस्टोनिया, चीन, लेवनान, संयुक्त अधिराज्य, इजरायल, दक्षिण कोरिया, डेनमार्क र अष्ट्रेलिया) का विदेशी १०९ जना र स्वदेशी ९२ जना गरी जम्मा २०१ जनाको सकुशल उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । सेनाले हवाई साधन प्रयोग गरी आजसम्म ८८४ जना घाइतेहरूको उद्धार र गरेको तथा भग्नावशेषमा पुरिएका एक हजार १२२ जनालाई सकुशल उद्धार गरेकोे छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]