नेपाली सेनाले गरिरहेको छ उद्धार तिव्रस्तरमा, विभिन्न ठाउँमा राहत पनि वितरण, ७०३ घाइतेको उद्धार


army111नेपाली सेना तथा भारतीय सेनाको हेलिकप्टरद्वारा रसुवा, गोरखा, धादिङ्ग, नुवाकोट, दोलखा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोकका बिभिन्न स्थानहरुबाट ७०३ घाईते बिरामीहरुलाई उद्धार गरिएको छ । यसैगरि गाडीद्धारा तथा पैदल परिचालित अन्य फौजले बिभिन्न स्थानबाट १५७ जनाको सकुशल उद्धार गरेको छ भने ८० जनाको शव निकालेको छ । यसैगरि पिडीतहरुलाई राहत बितरण गर्ने कार्यलाई पनि जारी राखिएको छ । यस क्रममा नेपाली सेनाको जंगी असवाव खानामा भएको मौज्दातबाट बितरण गरिएको राहत सामग्रीहरुमा विभिन्न प्रकारका पालहरु ५३ गोटा, १८० पौण्ड पाल ४६८ सेट, स्वीस कटेज पाल ६ सेट, सायर २३५ मुठा, क्लाठ ७८ मुठा, टाटपोलिन २८ गोटा, डकटेन्ट गोटा १९ र अमेरिकन पाल गोटा २ रहेको छ । त्यसैगरि भुकम्प पिडितहरुलाई शुद्ध पिउने पानी बितरण गर्ने हेतुले नेपाली सेनाको १३ वटा ट्यांकरद्धारा २७ स्थानहरुमा वाटर प्वाईण्ट खडा गरि २ लाख ३४ हजार लिटर पानी बितरण गरेको छ ।
हालसम्म प्राप्त अन्तराष्ट्रिय मेडिकल सहयोगमा भारतबाट आएको मेडिकल टिमले राजदल गण लगनखेल र सिनामंगलमा, पाकिस्तानबाट आएको मेडिकल टिमले सल्लाघारी भक्तपुरमा, श्रीलंकाबाट आएको मेडिकल टिमले दोलालघाटमा, बंगलादेशबाट आएको मेडिकल टिमले ललितपुरको खोकनामा र चीनबाट आएको मेडिकल टिमले धुलिखेल र उपत्यका पृतना हे.क्वा.मा भुकम्पबाट घाईते भएका व्यक्तिहरुको उपचार गरिरहेको छन् । उक्त क्षेत्रमा नजिक रहेका भुकम्प पिडित घाईतेहरुलाई उपचारको निमिक्त आ–आफ्नो पायक पर्ने नजिकको ईलाकामा सम्पर्क राख्नु हुन नेपाली सेना अनुरोध गर्दछ । हालसम्म प्राप्त अन्तराष्ट्रिय ऋक्क्च् सहयोगमा भारतबाट आएको स्पेशल रेस्क्यु टिम र डग टिमले बालाजु, बसुन्धरा, शोभाभगवती चौमती, सितापाइला र धरहरा इलाकामा खोज तथा उद्वार कार्य गरेको तथा बालाजु बाइसधाराबाट दुई वटा शव निकालेको । श्रीलंकाबाट आएको टोलीले झुम्लुटार–६ काभ्रे पुरानो बजार, चीनबाट आएको सर्च एण्ड रेस्क्यु टिमले बालाजु, गणेशस्थान, गोंगबु, डल्लु, काठमाडौं दरवार स्क्वायर, कपन र नक्खु ईलाकामा खोजी तथा उद्धार कार्य गरि रहेको । साथै उक्त खोजी कार्यमा बालाजुबाट एक जना युवकलाई जिवितै उद्वार गरिएको । टर्कीबाट आएको सर्च एण्ड रेस्क्यु टिमले करदाता कार्यालय, बालुवाटार, ग्रिनल्याण्ड होटेल महाराजगञ्ज, भोटाहिटी, असन, पकनाजोल, धुलिखेल र काभ्रेपलाञ्चोकमा, नेदरल्याण्डबाट आएको स्नीफर सहितको रेस्क्यु टिमले नमुना टोल धापासी, नेशनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, ठमेल, बजेट होटेलमा, पोल्याण्डबाट आएको फायर फाईटिङ्गसहितको रेस्क्यु टिमले गरुडकुण्ड र कमल विनायकमा, जर्मनबाट आएको टिमले वि.सि.जि. होटल र सुन्दरीजलमा, बेलायतबाट आएको टिमले सिन्धुपाल्चोकमा, फ्रान्सको टिमले कालीमाटीमा, इजरायलको टिमले गोंगबु, व्क्ष्ऋब् तथा मलेशियाले हनुमानढोकामा, पाकिस्तानको टिमले भक्तपुर र दधिकोटमा र अमेरिकी टिमले रसुवा र माछापोखरीमा खोजतलास तथा उद्वार कार्य गरिरहेको छ ।
बैशाख १५ गते खोजतलास तथा उद्वार कार्यको शिलशिलामा नेपाली सेनाको हवाई सेवाले कुल १८ ओटा उडान गरेको छ भने १०८ जनाको उद्वार र ४९५० के.जी. राहत सामग्री ढुवानी गरेको छ । यसैगरि भारतिय वायुसेवाले ५ ओटा उडान गरेको छ भने ३२ जनाको उद्वार तथा ३९५० के.जी. राहत सामग्री ढुवानी गरेको छ ।
नेपाली सेनाले भोली पनि खोज एवम् उद्धार कार्य, राहत सामाग्री वितरण तथा औषधी उपचार सेवालाई निरन्तर जारी राख्नेछ ।
भुकम्पबाट पिडित देशवासीहरुलार्ई राहत वितरण गर्ने क्रममा भोलि बैशाख १६ गते पाकिस्तानद्वारा भक्तपुर जिल्लामा २०० प्याकेट MRE (Meal Ready to Eat) वितरणको साथै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २०० थान टेन्ट र १००० थान ब्ल्याङ्केट रेडक्रसलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यसैगरि चीनले भोली बैशाख १६ गते आफ्नो दुईवटा हेलिकप्टरद्वारा रसुवागढीस्थित चिलिमे हाइड्रोपावरमा रहेका आफ्ना नागरिकलाई उद्वार गर्ने र अमेरिकन हेलिकप्टर ग्राउन्ड ह्याण्डलर टिम सहित नेपाल आउने योजना रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]