भूकम्पबाट भारतमा पनि ६२ को मृत्यु, उद्धारको कार्य तीव्र


Biharभारतको पूर्वी तथा उत्तरी क्षेत्रमा आइतबार राति र सोमबार बिहान पनि भूकम्पका कयौं धक्का महसुश गरिएको बताइएको छ । भारतको उत्तरी–पूर्वी भागमा नेपालमा गत शनिबारको शक्तिशाली भूकम्पपछि पनि निरन्तर रुपमा धक्का जारी रहेको भारतीय अधिकारीले जनाएका छन् । नेपालमा जारी रहेको उक्त भूकम्पको धक्का राजधानी नयाँ दिल्लीसम्म पनि महसुस गरिएको हो । गएको शनिबार र आइतबार दिउसो नेपालमा गएको शक्तिशाली भूकम्पका धक्का भारतमा पनि निरन्तर रहँदा त्यसमा परी कम्तीमा ६२ जनाको ज्यान गएको छ । नेपालमा केन्द्रविन्दु रहेको ती भूकम्पहरूको धक्का भारतका विभिन्न सहरमा पटकपटक महसुस गरिएका छन् । आइतबार दिउँसो गएको ६.७ रेक्टर स्केलको दोस्रो पटकको भूकम्पबाट पनि पश्चिम बङ्गाल, बिहार, आसामलगायतका विभिन्न सहरमा क्षति पुगेको छ । त्यसैगरी भूकम्पको धक्का उडिसा, उत्तरखण्ड, पञ्जाव, झारखण्ड, उत्तर प्रदेश, नयाँ दिल्ली र छत्तिसगढमा पनि महसुस गरिएको छ । उक्त भूकम्पबाट मृत्यु हुने व्यक्तिका प्रत्येक परिवारलाई छ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भारत सरकारले गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुकम्प पीडितलाई सहयोग तथा उद्धारका काममा लाग्न सुरक्षा निकाय एवम् कर्मचारीलाई निर्देशन दिनुभएको छ । भूकम्पबाट शनिबार ५१ जनाको ज्यान गइसकेको छ र आइतबार दोस्रो पटक आएको भूकम्पबाट ११ गरी ६२ जनाको ज्यान गएको जानकारी भारतीय गृहसचिव एलसी गोयलले दिनुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]