मृत्यु हुनेको संख्या करिब ४ हजार, उद्धार र राहत वितरण प्रभावकारी हुन सकेन

नेपालमा उद्धार र राहत कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सरकारी निकायले विदेशबाट आएका टोलीसहरुसँग समन्वय गरेपनि धेरै ठाउँमा अझै पनि मानिसहरु पुरिएर बसेका छन् । भक्तपुरका विभिन्न ठाउँ, ललितपुरका विभिन्न क्षेत्र र सिन्धुपाल्चोक, गोरखा, धादिंगका कतिपय गाविसहरुमा अहिलेसम्म उद्धार सुरु नै भएको छैन । जीवित नै च्यापिएर रहेका व्यक्तिहरु पनि निकाल्न नसकेका कारण थप मानवीय क्षति हुने देखिएको छ । अर्कोतर्फ काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या अत्यन्तै बढेको छ । उनीहरु छिटोभन्दा छिटो आफन्तकहाँ पुगन आतुर देखिन्छन् । साथै, सबै भूकम्प काठमाडौं उपत्यकाकै वरिपरि भएका कारण पनि उनीहरु आफ्नो ठाउँमा पुगन हतारिएका छन् । भक्तपुरमा धेरै घर एकैठाउँमा गुच्चमुच्च रहेर बनाइएको कारण धेरै हताहतिको अनुमान गरिएको छ । अर्कोतर्फ, सरकारले खाद्यान्न र मानिसहरु बस्नका निम्ति पाल आदिको व्यवस्था गर्न सकेको छैन । बजारमा या त सामान पाइँदैन या त महँगोमा मात्र किन्न पाइन्छ । सरकारले ठूला डिपार्टमेन्ट स्टोरहरुलाई सेवा दिनका लागि आग्रह गरेपनि सीमित स्टोर मात्र खुलेका छन् । साँझ पर्दैजाँदा मानिसहरु घरभित्र बस्ने या बाहिर नै रहने भन्ने दोधारमा देखिन्छन् । सरकारले सबैलाई धैर्यतापूर्वक रहन र सरकारी निकायहरुमा तत्कालै उद्धारका लागि खबर गर्न भनेका छन् । काठमाडौंमा मात्रै १९ वटा ठाउँमा मानिसहरु पुरिएका आशंका छ । तर, त्यहाँ उद्धार हुन सकेको छैन । वास्तवमा सरकारले युवाहरुलाई उद्धारमा परिचालन गर्न नसकेको देखिन्छ ।
साँझ ७ बजेसम्म बजेसम्म भुकम्पबाट मृतकको संख्या (३९०४ ), घाइते ( ७१८०) :
उपत्यका : मृतक: १३२७, घाइते: ४३३८
काठमाण्डौ – ९३०
ललितपुर – १५७
भक्तपुर -२४०
पूर्व क्षेत्र : मृतक ५१, घाइते: २०७
भोजपुर -२
सुनसरी- ७
सोलु – २२
ओखलढुङगा – १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २२९३, घाइते: २२९३
रामेछाप – २६
सिन्धुपाल्चोक – १०३२
धनुषा- १
मकवानपुर -३५
रसुवा – १५१
दोलखा -५०
काभ्रे -२२७
चितवन -५
नुवाकोट - ४४८
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: ३२२
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १