खुला आकासमुनी बित्दैछ रात, उद्धारकार्य जारी


_Night1वैशाख १२ गतेको महाभूकम्पमा परी मर्नेको संख्या १५ सयभन्दा बढी भएको सरकारले जानकारी दिएको छ । अर्कोतर्फ भारतबाट आएका तीन विमान काठमाडौंमा अवतरण भएपछि तिनमा रहेका उद्धारकर्मी कोही काठमाडौं, कोही भक्तपुर र कोही अन्य जिल्लामा लागेका छन् । उनीहरुमध्ये काठमाडौं र भक्तपुरमा रहेकाहरुले त्यहाँ भग्नावशेषमा, घरहरुभित्र फसेर बसेकाहरुको खोजी कार्यलाई अघि बढाएका छन् । उनीहरुको साथमा नेपाली उद्धारकर्मी र सुरक्षाकर्मी पनि खटिएका छन् । मुख्यत उद्धारका लागि चाहिने र भग्नावशेषमा रहेका मानिसहरु पत्ता लगाउने उपकरणसहित आएका भारतीय उद्धारकर्मीलाई नेपाली टोलीले उद्धार गर्न नसकेका ठाउँहरुमा लगिएको छ । राति भएपनि उद्धारकार्य अघि बढ्ने बताइएको छ । विजुली छैन, पोल भाँचिएका छन्, टेलिफोनको तारहरु चुँडिएका छन् । सबैभन्दा ठूलो कुरा त सर्वसाधारण फेरि भूकम्पको त्रासमा घर छोडेर चौरमा सुतिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]