देश बर्बाद पार्ने एउटा मिस्टर हेल्लो, अर्काे मिस्टर कम्फर्टेबल : प्रधानमन्त्री ओली !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिस्टर हेल्लो र ‘मिस्टर कम्फर्टेबलले देशलाई बर्बाद पार्न खोजेको आरोप लगाएका छन् । आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही समूहका एक जना नेता भीम रावललाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

“अविर जात्रा गर्दैगर्दा, लड्डु खुवाइखुवाइ गर्दैगर्दा एउटा फोन गर्छन् र आवाज सुनिन्छ हेलो आपसे सहयोग लिएके, बहुतबहुत धन्यवाद ,” प्रधानमन्त्री ओलीले भने, “कसलाई भनेको मलाई थाहा छैन र कता फोन गरेको त्यो पनि थाहा छैन । सुनियो त्यस्तो, हामीले बनाएको होइन, यो उहाँ (प्रचण्ड) ले गरेको फोन, एउटा त्यस्तो हेल्लो मिस्टर, अर्को मिस्टर कम्फर्टेबल । दुई मिस्टरहरूले देशलाई बर्बाद पार्न चाहेका छन्, उनले भने ।”

उनले मुद्दा लडेर आएकाहरुलाई आफूलाई हटाउन चुनौति समेत दिए । ‘केपी ओलीलाई हटाउनुस् । यदि हटाउनुभएछ भने पनि दुई तिहाई ल्याइन्छ । चिन्ता गर्नुपर्ने विषय होइन । लोकतन्त्रलाई तलमाथि हुन दिइँदैन । संविधान समयअनुसार परिमार्जन हुन्छ, तर मर्म र भावना तलमाथि गर्न दिइँदैन ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?