विप्लव समूहसँग छिट्टै वार्ता हुन्छ : प्रधानमनत्री ओली !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका छन् । गृह जिल्ला झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै उनले शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्ने बताएका हुन् ।

यस अघि सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । उता केहि दिन अघि मात्र पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?