विकासको चमत्कार देखेर केही मान्छे जले : प्रधानमन्त्री ओली !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशभर विकासको लहर चलेको दाबी गरेका छन् । झापामा चीन नेपालमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले आफ्नो नेतृत्वको सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा चमत्कार नै गरेको पनि दाबी गरे । केहि मानिसहरू विकासको लहर चलेको देखेर जलेको भन्दै ओलीले ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ को नारा सार्थक बनाउन संकल्प लिएको बताए ।

ओलीले भने, ‘मैले विश्वास लिएको छु स्थानीय तह र राजनीतिक दलले सबैको साझा उपलब्धि बुझेर सबै पक्ष समावेश हुनेछन् । सहयोगी हात बढाउनेछन् भन्ने विश्वास लिएको छु ।’

अन्य पुलहरू पनि उद्घाटन गर्दै जाने भन्दै उनले ३१ वटा पुल शिलान्यास गर्ने बताए । जसमा पाँच वटा उद्घाटन गरिने उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?