क्वीन्सल्याण्डमा प्रवासी नेपाली एकता मञ्चको नयाँ कार्यसमिति

ब्रिसबेन, अष्ट्रेलिया । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिको बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । स्थानीय न्यूफार्म पार्कमा भएको भेलाले रमेश पाण्डेको संयोजक र बिमल न्यौपाने सचिव रहनेगरी ४१ सदस्य प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समिति बनाएको छ । कमिटीका पधादिकारी तथा सदस्यहरुलाई मञ्चका अष्ट्रेलिया अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनियताको शपथ गराएका थिए ।

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया कुईन्सल्याण्ड राज्य समितीले ११ सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ । जसमा चिन बहादुर नेपाली, असिम कोइराला, राम आचार्य, पशुपति भट्टराई, नरबहादुर श्रेष्ठ,
मेघ सुबेदी, तपी थापा, सुनिल पराजुली, चन्दन घिमिरे, डा. प्रविन पौडेल छन् ।

नयाँ कार्यसमितिको सहसंयोजकमा अरुण तिवारी, सहसचिवमा सजिन श्रेष्ठ, बिकाश मान सिं भण्डारी, कोषाध्यक्षमा निशा दुलाल र सदस्यहरुमा राजेश गिरी, अनिल ढकाल, निरन्जन बुडाथोकी, राम सुवेदी, सिताराम पाण्डे, प्रकाश सुबेदी, स्वती गुरुङ्ग, बिवेक गिरी, सरोज श्रेष्ठ, अर्जुन भट्टराई, भगवान भण्डारी, सुरेश बोगटी, सुदर्शन रायमाझि, मनिश मली, अस्मिता क्षेत्री, बिशाल केसी, ध्रुव लम्साल, अभिसेक भण्डारी, सुप्रिम अधिकारी, सुमित राना, बिबेक श्रेष्ठ, सुरेन्द्र पन्थ, सुबिन श्रेष्ठ, अनोज लामिछाने, बिवस गिरी, प्रविन कार्की, अर्पन अधिकारी, बिमल श्रेष्ठ र अर्जुन केसी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि डा. जगदिश तिम्सिनाले नेपालमा अहिले उपलब्ध नेताहरुमध्यमा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्रीको लागी अब्बल रहेको र प्रवासमा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहनु पर्ने बताएका थिए । केन्द्रीय अध्यक्ष रमेश पाण्डेले प्रधानमन्त्रिको सम्बृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान मा प्रबासी नेपालीहरुको साथ र सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै आफुहरु सधैं नेपालको बिकास र प्रगती देख्न चाहने हुँदा त्यो केपी ओलिबाट मात्र सम्भब रहेको बताएका थिए ।

सचिवालय सदस्य केशव जोशीले नेपाललाई अग्रतिमा दौडाउन केपी ओलिबाट मात्र संभव रहेको बताएका थिए । क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिन बहादुर नेपालीले स्वागत मन्तब्य राख्दै क्वीन्सल्याण्ड राज्यमा मञ्च बिभिन्न सामुदायिक संघ संस्था सित हातेमालो गर्दै अघी बढ्ने बताएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?