अदालतले संविधानको व्याख्या गर्ने हो, नारा, जुलुस र भाषणको होइन : प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

आइतबार उनले सर्वोच्चमा पुगी संसद विघटनविरुद्धको आमसभामा बोलेको विषय सर्वोच्चमा परेको रिटको लिखित जवाफ दिएका हुन् ।

उनले उक्त जवाफमा अध्यक्ष प्रचण्डले अदालतले नारा, जुलुस र भाषणको नभइ संविधानको व्याख्या गर्नुपर्ने बताएका छन् । सोही जवाफमा प्रचण्डले संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराएको तर अदालतको अवहेलना नगरेको तर्क समेत गरेका छन् ।

प्रचण्डविरूद्ध अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध रिट दर्ता गरेपछि सर्वोच्चले आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?