पुरातत्वविद्हरूले भेट्टाए हजाराै वर्ष पुरानो रथ

एजेन्सी । पुरातत्वविद्हरूले इटालीको पोमेइमा प्राचीन कालीन् रथ फेला पारेका छन् । उनीहरूले प्राचीन रोमन शहर नजिकै पुरानो रथ फेला पारेको बिबिसीले उल्लेख गरेको छ ।

उक्त रथ भेटिएको ठाउँमा २०१८ मा पुरातत्वविद्हरूले ३ वटा घोडाको अवशेष पनि फेला पारेका थिए । सोही आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूले रथ समेत भेटाएका हुन् ।

विज्ञहरूले यो रथ केही पर्व तथा सैनिक परेडहरूमा प्रयोग गरिएको हुनसक्ने अनुमान गरेका छन् ।

पोमेइलाई पुरातत्वको भण्डारको रूपमा लिइन्छ । उक्त शहर सन् ७९ को ज्वालामुखीबाट विलय भएको थियो ।

पुरातत्वविद्हरूले फेला पारेको उक्त रथ सकुशल बाहिर निकाल्न केही हप्ता लाग्नसक्ने बताइएको छ । रथमा जोडिएका संवेदनशील तत्वहरूले यो रथ निकाल्न केही कठीन भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?