७ दशमलब ५ रेक्टर स्केलको भूकम्पले हल्लायो नेपालका विभिन्न शहर

लमजुंगबाट ३५ किलोमिटर पूर्वमा केन्द्रविन्दु भई नेपालमा गएको भूकम्प ७ दशमलब ५ रेक्टर स्केलको भएको पाइएको छ । यसले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा क्षति गराएको छ । अहिलेसम्म क्षतिको पूर्ण विवरण आइसकेको छैन । सर्वसाधारणहरु यतिबेला आफ्नो घरबाट बाहिर सुरक्षित स्थानमा पुगेका छन् । सुरक्षाका लागि पनि भूकम्प आएको केही समयसम्ममा फेरि भूकम्प अझ तिव्र गतिमा फर्कने सम्भावना हुने भएकोले यस्तो गर्नु आवश्यक हुन्छ । यतिबेला टेलिफोनमार्फत आफन्तको हालचलको जानकारी लिनेहरु ह्वात्तै बढेका छन् । क्षतिको विवरण आउने बित्तिकै यस विषयमा थप जानकारी गराउनेछौं । उद्धारमा सहयोग गरौं, सुरुाम आफूलाई सुरक्षित बनाऔं ।