गुत्थी याने सुनिल ग्रोबर पहिलो पटक पुरुषको रोलमा


gutthiतपाईंले गुत्थीलाई चिन्नुभएको छ ? हो, कमेडी विथ कपिलाम गुत्थीको भूमिका निर्वाह गर्ने सुनिल ग्रोबर नै हुन् । हालै मात्र उनले दादा सोह फाल्के एकेडेमी एवार्ड पाएका छन् । यो एवार्ड भारतमा निकै प्रतिष्ठित मानिन्छ । एवार्ड पाएपछि प्रतिक्रिया दिँदै उनले आपूm भाग्यमानी भएको बताएका छन् । यति सानो उमेरमै उच्च सम्मान पाउनु आफ्नो लागि खुशीको कुरा भएको उनको भनाई छ । उसो त केही समय पछि नै रिलिज हुने तयारीमा रहेको गब्बर ईज ब्याक नामक चलचित्रमा पनि उनले भूमिका निर्वाह गरेका छन् यस विषयमा बुझ्न खोज्दा उनले भने म पहिलो पटक पुरुषको गेटअपमा आउनेछु, मेरो पुलिसको रोल छ । बाटोमा हिँड्दा कसैले गूत्थी भनी बोलाउँदा खुशी लाग्ने भन्दै उनले विभिन्न खाले कमेडी भूमिका निर्वाह गर्नु नै आफ्नो परिचय बनेको पनि बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]