अष्ट्रेलियामा नेपालीको रियलस्टेट कम्पनी मल्टी डाइनामिक उत्कृष्ट !

सिड्नी, अष्ट्रेलिया ।

नेपालीको लगानी, स्वामित्व र सञ्चालनमा रहेको रियलस्टेट कम्पनी मल्टी डाइनामिकले अष्ट्रेलियामा उत्कृष्ट एजेन्ट र उत्कृष्ट एजेन्सीको सम्मान पाएको छ । अष्ट्रेलियाको सिड्नी प्रदेशराजधानी भएको न्यु साउथ वेल्स एनएसडब्ल्यु राज्यमा सन् २०२१ का लागि मल्टी डाइनामिकले एजेन्ट र एजेन्सी दुवैमा उत्कृष्टताको प्रमाण पत्र पाएको हो ।

सिड्नीको बार्डियामा घरजग्गा व्यवस्थापन र किनबेचमा उत्कृष्ट भएर नेपालको धादिङ घर भएका मल्टी डाइनामिकका मुरारी लम्साल उत्कृष्ट रियलस्टेट एजेन्टको रुपमा सम्मानित भएका छन् भने उत्कृष्ट रियलस्टेट एजेन्सीको रुपमा मल्टी डाइनामिक सम्मानित भएको रेटमाइएजेन्ट डटकम डटएयुले जनाएको छ । रेट माई एजेन्ट अष्ट्रेलियामा सेवाग्राहीको प्रतिकृया र सन्तुष्टीको आधारमा घरजगा कारोबार गर्ने एजेन्ट र एजेन्सीको मुल्यांकन गर्ने नेतृत्वदायी संस्था हो ।

नेपालको तनहु घर भएका मेघराज पौडेल , नवलपरासी गैंडाकोटका विष्णुप्रभात सापकोटा र चितवनका बिजय पौडेलले ४ वर्षअघि शुरु गरेको मल्टी डाइनामिक रियलस्टेट अहिले अष्ट्रेलियामा पछिल्लो पुस्ताका नेपालीले खोलेको मध्ये उत्कृष्ट र उदीयमान व्यापारिक कम्पनी हो ।

अष्ट्रेलियाको एनएसडब्ल्यु, भिक्टोरिया क्विन्सल्याण्ड र साउथ अस्ट्रेलिया गरि चारवटा राज्यका ७ ठाउँमा आफ्नो फ्रेन्चाइजी शाखा विस्तार गरेको मल्टी डाइनामिकले अष्ट्रेलियाका हजार भन्दा बढि प्रोपर्टीहरु व्यवस्थापन गर्छ भने यसको सम्पत्ति सात मिलियन डलर बराबर रहेको छ ।

मल्टी डाइनामिकलाई अझै विस्तार गर्ने योजनाका साथ काम भैरहेको र उत्तरी सिड्नी तथा तासमानिया राज्यमा यसको फ्रेन्चाइजी शाखा विस्तारको तयारी भैरहको सस्थापक मेघराज पौडेलले जानकारी दिए ।

मल्टी डाइनामिक रियलस्टेटमा नेपाली, भारतीय, बंगलादेशी अष्ट्रेलियनसहित ५० जनाले रोजगारी पाइरहेका छन् । मल्टीडाइनामिक अष्ट्रेयामा बसोबास गर्ने नेपाली भारतीय र चिनियाँ मात्रै होइन पछिल्लो समय स्थानीय अजीहरुमाझ पनि नीकै जनप्रीय हुँदै गएको रियलस्टेट कम्पनी हो ।

मल्टीडाइनामिक नेपाली समूदायले गर्व गर्न लायक नेपालीको व्यापार कम्पनी पनि हो । यसले नेपाल फेस्टिवल, विभिन्न कन्सर्टहरु, सांगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता र बनभोज कार्यक्रमहरुको प्रायोजन गरेर प्रवासमा रहेको नेपाली समुदायलाई सघाईरहेको छ । अष्ट्रेलियाको नेपाली समुदायले गर्ने हरेक सामुदायिक कृयाकलापलाई प्रायोजन तथा सहयोग गर्न पाउँदा आफुलाई गौरवान्वित अनुभव हुने मल्टी डाइनामिक इंगलबर्नका प्रिन्सिपल बिष्णु प्रभात वताउँछन् ।

विदेशमा व्यापार व्यवसायमा सफलता पाउनुभनेको आफ्नो समुदायलाई सघाउनु पनि हो र नेपाली समुदायले पनि नेपालीले थालेको व्यवसाय सफल हुँदै गएकोमा निरन्तर सरहाना गरिरहेको तथा नेपाली समुदाय र आफ्नो व्यवसाय समानान्तर रुपमा अघि बढिरहेको अर्का निर्देशक विजय पोलले वताए । सन् २०१९ मा मात्रै मल्टी डाइनामिकले अष्ट्रेलियामा नेपाली समुदायले आयोजना गरेको झण्डै ३० वटा कार्यक्रमलाई प्रायोजना तथा सहयोग गरेको थियो ।

“सवैले घरको सपना मात्रै नदेखुन् आफु सुहाउँदो घर नै किनुन्” भन्ने उदेष्यका साथ मल्टी डाइनामिक कम्पनी खोलिएको र सोही अनुसार आप्रवासी र स्थानीय अष्ट्रेलियनलाई घर किन्न, बेच्न र भाडामा लगाउन उत्कृष्ट सहजकर्ताको रुपमा काम गरिरहेको मल्टि डाइनामिकले जनाएको छ ।

विश्वका उत्कृष्ट रियलस्टेट कम्पनीले अपनाएको प्रविधि, प्रकृया र जनशक्तिको अवधारणामा काम गरिरहेकोले ४ वर्षमा यस्तो सफलता पाउन सम्भव भएको मल्टीडाइनामिकका बोर्ड अफ डाइरेक्टर विजय पोलले वताए । मल्टीडाइनामिकले नयाँ घर किन्न चाहनेहरु, घर बेच्न चाहनेहरु, भाडामा लगाउन चाहनेहरु र घरजग्गामा लगानी गर्न चाहनेहरुका लागि सहजीकरणको काम गरीरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?