प्रधानमन्त्री एसियाली–अफ्रिकी सम्मेलनको ६०आँै वार्षिकोत्सव समारोहस्थल वाङ्डुङमा


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइराला एसियाली–अफ्रिकी सम्मेलनको ६०आँै वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सहभागी हुनुभयो । इन्डोनेसिया सरकारको विशेष विमानद्वारा प्रधानमन्त्री कोइराला नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै कार्यक्रमस्थल वाङ्डुङ पुग्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालालाई इन्डोनेसिया सरकारका मन्त्री तथा उच्च सरकारी अधिकृतले स्वागत गरेका थिए । जकार्तामा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव तीन विषयमा घोषणापत्र जारी गर्दै बिहीबार समाप्त भएको थियो । त्यसपछि सो समारोहमा भाग लिएका १२० भन्दा बढी देशका राज नेताहरू ऐतिहासिक एसियाली–अफ्रिकी सम्मेलनको ६०आँै वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा सहभागी हुनुभएको थियो । यतिखेर वाङ्डुङवासी आफ्ना घर आँगनमा जम्मा भएका विश्वका राजनेतालाई सम्मान गर्न जुटिरहेका छन् । सडकका दायाँबायाँ सहभागी देशका राष्ट्रिय झन्डा बोकी स्थानीयवासीले विशिष्ट अतिथिलाई सत्कार गरिरहेका छन् । सो विशेष कार्यक्रम यहाँको समयानुसार बिहान औपचारिक कार्यक्रम सुरु भएको थियो । प्रधानमन्त्री कोइराला कार्यक्रमअन्तर्गत सडक हिँडाइमा सहभागी हुँदै विशेष कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । सो समारोहमा प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार दिनेश भट्टराई, निजी चिकित्सक प्रा डा करवीरनाथ योगी, स्वकीय सचिव अतुल कोइराला, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी, प्रवक्ता ताराप्रसाद पोखरेल, शिष्टाचार प्रमुख अर्जुनकान्त मैनाली र उपसचिव लोकबहादुर कार्की सहभागी हुनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]