न्याभ कप क्रिकेटको फाईनलमा एक्सपर्ट सगरमाथा स्टार्स र रोयल राईनोज भिड्दै !

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको सबैभन्दा पुरानो नेपाली क्रिकेट लिग न्याभ कपको फाईनल आईतबार हुने भएको छ । करिब दुई महिना सञ्चालन भएको प्रतियोगिताको फाईनलमा रोयल राईनोज क्रिकेट क्लब र एक्सपर्ट सगरमाथा स्टार्स पुगेका छन् । सेमीफाईनलमा हिमालयन जयन्टस र नारेकिंग्स क्रिकेट क्लबलाई पराजित गर्दै यी टोलीले आफ्नो उपाधि यात्रालाई सुरक्षित गरेका हुन् ।

भिक्टोरियामा रहेका नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आयोजना गरेको क्रिकेट प्रतियोगिताको १६ औं संस्करणको सुरुवात गएको जनवरी १० तारिखमा भएको थियो ।

सेमिफाईनलमा नारेकिंग्सलाई एक्सपर्ट सगरमाथा ब्लूज स्टार्सले उसले दिएको १ सय १७ रनको लक्ष्य मात्र ११ ओभरमा पूरा गरी फाईनलमा प्रवेश गरेको थियो । उता अर्को खेलमा हिमालय जायन्टसलाई रोयल राईनोजले पहिले व्याटिंग गर्ने निम्तो दिएको थियो । जसमा १ सय १ रनको योगफल बन्न पुग्यो । रोयल राईनोजले १८ दशमलब ४ ओभरमा ६ विकेटको क्षतिमा लक्षित योगफल जोड्न सफल भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?