हल अफ फेमको उपाधि होडमा पूर्ण, एक आशालाग्दा प्रतिभा !

काठमाडौँ । उदयपुरको कटारी घर भएका पुर्ण बिक नेपालकै पहिलो अनलाईन गायन अडिसन हल अफ फेम सिजन २ को टप ३ मा पुग्न सफल भएका छन् । शुक्रबार भएको सेमिफाईनलमा उनी टप ३ का लागि छनौट भएका हुन् । मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भने जस्तै पुर्ण बिक टप ५० बाटै नै राम्रो प्रस्तुती दिँदै आएका थिए । हल अफ फेम सिजन २ को अडिसनबाट आएका पुर्णले सुरुदेखि नै निर्णायक मण्डलको मन जित्दै आफ्नो गायकीमा निखारता थप्दै आएका छन् ।

बुवा सिताराम बिक र आमा सितामाया बिकको कोखबाट २०५२ सालमा तेस्रो सन्तानका रुपमा जन्मिएका थिए । सानै उमेरदेखि नै संगीतमा रुची भएका पुर्णको बाल्यकाल सामान्य नै वित्यो । परिवारिक अर्थिक अवस्था कमजोर भएकाले सांगीतीक यात्रालाई निरन्तरता दिन निकै कठिन भएको उनले बताए ।

खासै गतीलो आम्दानीको स्रोत नभएकाले चार जना दाजुभाईलाई हुर्काउन बुवा–आमालाई गाह्रै भएको पुर्ण बताउँछन् । आफ्नो इच्छालाई पुरा गर्छु भनेर उनी चार वर्ष अगाडी सपनाको शहर काठमाडौँ आए । जे सोचेर पुर्ण यहाँ आएका थिए उनले विल्कुलै फरक पाए । पुर्ण भन्छन् सबै कुरा सोचे जस्तो नहुने रहेछ । आफन्त साथिभाईको सल्लाहामा काठमाडौँ आएका उनले यहाँ बसेर संगीत सिक्न उनलाई त्यती सजिलो भने थिएन । महंगो काठमाडौको बसाई घरपरिवारले नधान्ने भएपछि काम र संगीतलाई संसँगै अगाडी बढाउने निधो गरे ।

हाल ललितपुर बस्ने पुर्णले दिउँसो ज्यालादारीको काम गर्ने र साँझ विहान संगीत सिक्न थाले । यही क्रममा उनी जडीबुडीमा रहेको सैलुङ दोहोरी साँझमा गीत गाउने काम मिल्यो । विश्व कोरोनाले आक्रान्त बनेको अवस्थामा निकै गाह्रो भएको पुर्ण बताउँछन् । दोहोरीमा गीत गायरै परिवारका पाँच जनाको ज्यान पालेका उनलाई कारोनाले थप पिडा दियो । काम सबै बन्द भएपछि आर्थिक अवस्था निकै कमजोर भयो, त्यतीबेला रोग भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता लागेको पुर्ण बताउँछन् ।

विश्वका मानिस घर भित्र थुनिएको अवस्थामा एमएनतिभी अष्ट्रेलियाले एकदमै नौलो तरिकाको अनलाईन गायन प्रतियोगिता हल अफ फेमको सुरुवात गर्यो । विश्वभरमा रहेका नेपालीको प्रतिभा खोजी गर्ने उदेश्यका साथ आयोजना गरेको यो ‘शो’को बारेमा पुर्णका साथिलाई जानकारी भयो ।

सामाजिक सञ्जालमा खासै सक्रिय नहुने पुर्णलाई उनका साथी सुदिप थापाले हल अफ फेमले अनलाइन गायन अडिसन हुँदैछ भनेर बताए । सुदिपले सबै कुरा भनिसकेपछि पुर्णले पनि यसमा सहभागीता जनाउने निर्णय गरे । उनले कार्यक्रममा गीतको अडियो क्ल्पि पठाए । सबै अडियो क्लिपबाट टप ५० मात्र लिने कार्यक्रमको नियम थियो । योसँगै पुर्ण पनि टप ५० मा पर्न सफल भए । टप ५० मा पर्दा निकै खुसी लागेको बताउँने पुर्णले यसअघि नेपाल स्टारमा सहभागीता जनाएका थिए ।

हल अफ फेमको टप ५० मा परेपछि सबै कामहरुलाई छोडेर यसैमा लागेको उनी बताउँछन् । उनले भने, सिजन २ को विजेता बन्छु भन्ने त लागेको छ, हेरौँ के हुन्छ । टप ३ मा पर्ने सबै जना राम्रै हुनुहुन्छ जोसले जिते पनि खुसी नै छु उनी भन्छन् ।

हल अफ फेम–२ को फाइनलमा इलामका टीका मगर, ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनार पुगेका छन् ।

उनीहरूमध्ये उपाधी विजेताले १ लाख नगद पुरस्कारका साथै अफिसियल गीत तथा भिडियो रेकर्डिङ र सबै निर्णायकहरूको साथमा अष्ट्रेलिया टुर जाने अवसर पाउनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?