मन माझामाझ गरे ३० दलका नेताहरुले, भने मोर्चा एकताबद्ध


?????????????????????????????????????????????एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले गठबन्धनलाई एकताबद्ध बनाई लैजानुको विकल्प नभएको निर्णय गरेको छ । मोर्चाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । “बैठकमा उपस्थित सबै शीर्ष नेताले मोर्चाको एकताको विकल्प नभएको विचार राख्नुभयो, आज विजयकुमार गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो र परशुराम तामाङलगायतका नेताले गठबन्धन टुट्न नहुनेमा जोड दिनुभयो”–उहाँले भन्नुभयो । बैठकले कृष्णबहादुर महरा संयोजकत्वको कार्यदलले शनिबार र आइतबार मोर्चाको आचारसंहिता र कार्यविधिका विषयमा गृहकार्य गरी आगामी सोमबार पुनः बैठक बसी एकताबद्ध भएर जाने सम्बन्धमा ठोस निर्णय गरिने पनि उहाँले बताउनुभयो । मोर्चाको बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता टोपबहादुर रायमाझी एवम् मधेसवादी र अन्य दलका शीर्षस्थ नेतालगायतको उपस्थिति रहेको थियो । चैत २४ मा तीनदिने आम हडतालको दोस्रो दिन हडताल स्थगित गर्न बैठक बसेपछि आज पहिलोपटक मोर्चाको बैठक बसेको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]