टुंडिखेलमा रामदेवको योग शिविरमा राष्ट्रपति रामवरण यादव शनिबार बागमतीको सफाई


?????????????????????????काठमाडौँको टँुडिखेलमा पाँचदिने निःशुल्क योग शिविर सुरु भएको छ । पतञ्जलि योगपीठ नेपालको आयोजनामा विश्वप्रसिद्ध योग गुरु रामदेवको उपस्थितिमा आयोजना गरिएको शिविरमा योग सिकाउन रामदेव बिहीबार काठमाडौँ आइपुग्नुभएको हो । उहाँकै उपस्थितिमा शिविर सञ्चालन गरिएको योगपीठका ओम वंशालले जानकारी गराउनुभयो । योग र आयुर्वेदको माध्यमबाट नेपालीलाई शारीरिक तथा मानसिक आरोग्यता प्रदान गरी उनीहरूमा सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । प्रत्येक दिन बिहान ५ देखि ८ बजेसम्म हुने शिविर सञ्चालन हुने छ । शिविरको पहिलो दिन आज राष्ट्रपति डा रामवरण यादव, उपप्रधानमन्त्री वामदेव गौतम, प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहलगायत सहभागी हुनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]