प्रधानमन्त्री कोइराला र राष्ट्रपति विडोडोबीच भेट, नेपाल भ्रमणको निमन्त्रण


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले इन्डोनेसियाको राष्ट्रपति जोको विडोडोलाई नेपाल भ्रमणको निमन्त्रण दिनुभएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल तपाइँको स्वागत गर्न आतुर छ, प्रधानमन्त्री कोइरालाले इन्डोनेसियाका राष्ट्रपति विडोडोलाई भन्नुभयो । मेरो नेपाल भ्रमण गर्ने तीव्र चाहना छ, समय मिलाएर आउने छु प्रधानमन्त्री कोइरालाको निमन्त्रणमा राष्ट्रपति विडोडोले जवाफ दिनुभयो । एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव समारोहको दोस्रो दिन सम्मेलन आयोजक देशका राष्ट्रपति विडोडो र प्रधानमन्त्री कोइरालाका वीचमा द्विपक्षीय भेटघाट सम्पन्न भएको थियो । ऐतिहासिक बाङडुङ सम्मेलनको आयोजकसमेत रहेको इन्डोनेसियाका राष्ट्रपति र सहभागिता जनाएको नेपालका प्रधानमन्त्रीबीच सम्पन्न यो भेटघाटलाई ऐतिहासिक रुपमा लिइएको छ । भेटमा प्रधानमन्त्री कोइरालाले बाङडुङ सम्मेलनबाट जारी दसबुँदे घोषणापत्रमा समावेश पञ्चशील तथा असंलग्न नीति नेपालको परराष्ट्र नीतिमा उल्लेख भएको र पञ्चशील सिद्धान्त गौतम बुद्धको उपदेशमा आधारित रहेको बताउनुभएको उहाँका परराष्ट्रमामिला सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्री कोइरालाले बाङडुङ सम्मेलनको सम्झनामा इन्डोनेसियाले एसिया अफ्रिकी सम्मेलन आयोजना गरेकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट राष्ट्रपति विडोडोलाई धन्यवाद दिनुभएको थियो । नेपालमा शान्ति प्रक्रिया पूरा भई नयाँ संविधान लेखन कार्य जारी रहेको भन्दै उहाँले शान्ति, स्थिरता, दिगो आर्थिक विकासको बाटोमा नेपाल अगाडि बढिरहेको वताउनुभएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री कोइरालाले नेपालमा लगानी गर्न इन्डोनेसियालाई आग्रह गर्दै नेपाली जनता र इन्डोनेसियाली जनताका बीचमा थप सम्बन्ध अगाडि बढाउनुपर्ने खाँचो रहेको राष्ट्रपति विडोडोलाई आग्रह गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति विडोडोले आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको भन्दै इन्डोनेसियाले नेपालको जलस्रोत, पर्यटन तथा भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न इच्छुक रहेको बताउनु भएको थियो । राष्ट्रपति विडोडोले दक्षिण दक्षिण वीचको सम्बन्धले एसिया र अफ्रिका बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने समेत भेटमा वताउनुभएको थियो । सो भेटमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोगका प्रतिनिधिलगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]