अष्ट्रेलियाका ग्यारी फिलिप्स नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडाैँ । अष्ट्रेलियाका ग्यारी फिलिप्स नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । बिहीबार एन्फाले उनलाई प्रमुख प्रशिक्षकमा नियुक्ति गरेको जानकारी दिएको हो ।

फिलिप्सलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्नका लागि टेक्निकल कमिटीका ५ जना सदस्यले सिफारिस गरेका थिए । उनले यसभन्दा अघि एन्फामा प्राविधिक निर्देशकको भूमिकामा काम गरिसकेका छन् ।

साफ महिला च्याम्पियन्सिप र एएफसी महिला एसियन कपको क्वालिफायरका लागि बन्द प्रशिक्षण सुरू गर्ने तयारी गरेसँगै एन्फाले महिला टोलीको प्रशिक्षकको रूपमा फिलिप्सलाई नियुक्त गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?