होस्टेल रिर्टन्सको सम्पूर्ण अष्ट्रेलिया आम्दानी जाजरकोटका पीडितलाई


नेपालमा प्रदर्शन हुन लागेको चलचित्र होस्टेल रिर्टन्सस अष्ट्रेलियाका विभिन्न शहरमा पनि प्रदर्शन हुने भएको छ । यसको प्रदर्शनसँगै यसबाट हुने आम्दानीलाई स्वाईन फ्लू प्रभावित जाजरकोटका बिरामीहरुको निम्ति सहयोग गरिने पनि घोषणा भएको छ । अष्ट्रेयिामा प्रदर्शन गर्ने अधिकार प्राप्त गरेको नेपाल रिपोर्टस डट कमले यस्तो घोषणा गरेको हो। एक विज्ञप्ति मार्फत उक्त संस्थाले “नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जाजरकोट जिल्लामा विगत केही दिनयता मौसमी रुघाखोकी र स्वाईनफ्लुका कारण जनजिवन आक्रान्त भएको अवस्थामा चलचित्र होस्टल रिटन्र्सको प्रदर्शनबाट हुने सबै आम्दानी प्रभावितहरुको उपचारका लागि खर्च गरिने” जनाएको छ।

टिजर हेर्नुहोस् चलचत्रिको

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]