नेपाली किशोरीको टोली यू १४ एएफसी फुटबलको सेमिफाईनलमा


footballराजधानीमा जारी १४ वर्षमुनिका महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपअन्तर्गत समूह ए को विजेता हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालसँगै बङ्गलादेश, भारत र इरानले पनि सेमिफाइनलको स्थान सुरक्षित गरेका छन् । दशरथ रङ्गशालामा भएको लिगको अन्तिम खेलमा श्रीलङ्कालाई ८–० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता भारतलाई प्रतिद्वन्द्वी पाएको छ । कमजोर श्रीलङ्काविरुद्ध नेपालकी रेखा पौडेलले १३ औं मिनेटमा गोल गर्दै खाता खोलेकी थिइन् भने उनले पुनः ४५ औँ मिनेटमा गोल गरिन् । त्यस्तै, नेपालको जीत फराकिलो बनाउन सरु लिम्बुले २९ र ४७ औँ मिनेटमा जाली चुमाउँदा मनिषा राउतले २१ र २६ औंँ मिनेटमा थप गोल गरेकी थिइन् । त्यसैगरी, निशा थोकरले ३९ औँ र रज्जु खड्काले ६५ आँैं मिनेटमा गोल गरेपछि जीत सानदार भयो । भएको खेलमा बङ्गलादेशले भुटानलाई १६–० ले हराउँदै समूह बीको विजेता भएको छ भने इरानले मालदिभ्सलाई १८–० ले हराउँदै समूह एको उपविजेताको रुपमा सेमिफाइनलको स्थान पक्का गरेको हो । प्रतियोगिताका सेमिफाइनल खेलहरू शुक्रबार दशरथ रङ्गशालामा हुनेछन् । यसमा नेपाल र भारत तथा बङ्गलादेश र इरानबीच भिडन्त हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]