
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन् । प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन् । जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए ।
प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए ।