नेपालमा भन्न लायक पार्टी नेकपा मात्रै हो : प्रधानमन्त्री ओली !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पार्टी भन्न लायक नेकपा मात्रै रहेको बताएका छन् । मंगलबार आफू पक्षीय युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले नेपालमा पार्टी भन्न लायक अरु नभएको बताउँदै आफूले नेतृत्व गरेको पार्टी मात्र लायक बताएका हुन् ।

‘अहिले नेपालमा पार्टी भन्न लायक हाम्रो पार्टी (नेकपा) मात्रै हो । अढाई महिना अगाडि सम्म हाम्रो पार्टी पनि अरुको जस्तै थियो, मारामार थियो, हामी यस्ता रोगबाट मुक्त हुनुपर्छ । अरु पार्टीमा नेतृत्वमा मारामार छ’, उनले भने । प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको पार्टी फोहोरको डङ्गुर हो, हाम्रो पार्टी मौरीको घार हो, उनले भने ।

‘मौरीको साथ लागेर गयो भने पुतलीलाई साथ दियो भने फूलमा पुगिन्छ । झिँगालाई साथ दियो भने फोहोरको ढंगुरमा पुगिन्छ युवाहरुले त्यो छुट्याउनु भएको छ । हामी मौरी हौं बगैचामा जान्छौं । मह बनाउँछौं आफू पनि खान्छौं अरुलाई पनि खुवाउँछौं । फोहोरका पछि लाग्यो भने रोगी भइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team