देशभर ११० जनामा कोरोना संक्रमण, थप ४ जनाको मृत्यु

काठमाडाैँ । देशभर थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ११० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

त्यस्तै, मंगलबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट २ हजार ६५ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team