महावीर पुनले टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने

काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

मंगलबार रवि लामिछानेले घोषणा गरेको नयाँ टेलिभिजन ‘ग्यालेक्सि फोरके’ मा उनले कार्यक्रम सञ्चालन गर्ने भएका हुन् ।

उनले सञ्चालन गर्ने कार्यक्रम ‘आविष्कार’ रहेको छ । महावीर पुनको कार्यक्रम घोषणा गरिएता पनि कहिलेदेखि सुरू हुने भन्ने बताइएको छैन ।

ग्यालेक्सि फोरकेमा वक्ता रमेश प्रसाई तथा कवि नवराज पराजुलिले पनि कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team