रवि लामिछानेले घोषणा गरे नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’

काठमाडाैँ । सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन सुरू गरेको घोषणा गरेका छन् ।

मंगलबार काठमाडाैँमा एक कार्यक्रमका बीच उनले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ सुरू गरेको घोषणा गरेका हुन् ।

नेपालमा पहिलो फोरके टिभी सञ्चालनमा ल्याएको लामिछानेले बताएका छन् ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए ।

पछिल्लो समय न्युज२४ टेलिभिजनमा प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट उनले ठूलो लोकप्रियता कमाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team