सुतेकै ठाउँबाट एक दम्पती बेपत्ता

महोत्तरी । महोत्तरीमा एक दम्पती सुतेकै ठाउँबाट बेपत्ता भएका छन् । उनीहरूलाई सुतेको ठाउाबाट अपहरण गरिएको प्रारिम्भिक अनुसन्धानले देखाएको प्रहरीले उल्लेख गरेको छ ।

बेपत्ता हुनेमा महोत्तरीक जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी रहेका छन् । उनीहरू राती सुतेकै ठाउँबाट बेपत्ता भएका हुन् ।

बेपत्ता भएका दम्पतीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । दम्पतीलाई घरबाटै अपहरण गरी बेपत्ता बनाइएको घटना सार्वजनिक भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team