रोनाल्डले २ गोल गरेको खेलमा युभेन्टसको सहज जीत

एजेन्सी । पोर्चुगिज परवार्ड क्रिस्टियानो रोनाल्डोको दुइ गोलको मद्दतमा गएराती भएको खेलमा इटालियन च्याम्पियन युभेन्टस विजयी भएको छ ।

गएराती भएको क्रोटोनसँगको खेलमा युभेन्टस ३–० गोल अन्तरले विजयी भएको हो । जसमा रोनाल्डोले कीर्तिमानि गोल समेत गरे ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा ३८ मिनेटमा रोनाल्डको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । पहिलो गोल गरेको सात मिनेटपछि ४५ मिनेट रोनाल्डोले नै व्यक्तिगत दोश्रो गोल गर्दा युभेन्टसले दुइ गोलको अग्रता बनायो ।

त्यस्तै, खेलको ६६ मिनेटमा वेस्टन मेकिनिन्ले गोल गर्दा युभेन्टसले सहज जित दर्ता गर्यो ।

गएरातीको खेलमा जीत निकालेको युभेन्टस ‘सिरि ए’को अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । लिगमा २२ खेल खेलेको युभेन्टसले जम्मा ४५ अंक बनाएको छ ।

‘सिरी ए’को अंक तालिकामा इन्टर मिलान पहिलो र एसी मिलान दोश्रो स्थानमा रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team