बाँकेमा १५ वर्षीया किशोरीमाथि बलात्कार !

बाँके । बाँकेमा १५ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । बलात्कार गरेको अभियोगमा जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ बस्ने २२ बर्षीय सुरेश कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

कुमालले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team