एमालेका नेताबीच मन वचन र कर्मले आत्मीय एकता आवश्यक भएको शीर्ष नेतृत्वको ठहर


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा विद्रोहकालदेखि नै नेपालका कम्युनिस्ट शक्तिले गणतन्त्रको विगुल फुकेको बताउनुभएको छ । तत्कालीन पञ्चायत शासनको विरोध र सामाजिक न्यायका लागि तीसको दशकमा झापा विद्रोह भएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६७ औं स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कमिटीले यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उहाँले ‘‘अब कुनै पनि शक्तिले कम्युनिस्ट आन्दोलन र शक्तिलाई दिग्भ्रमित पार्न सक्दैन’’ भन्नुभयो । एमालेले नेपालमा प्रारम्भदेखि नै राष्ट्रियता, गणतन्त्र र सामाजिक न्यायको वकालत गर्दै आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले मानव जातिलाई समानताको सपना देखाउने शक्ति नै कम्युनिस्ट रहेको बताउनुुभयो । उहाँले भन्नुभयो, “विश्वमा माक्र्सवादबाहेक अर्काे वैज्ञानिक सिद्धान्त छैन, यसलाई नबुझी यसको विरोध गर्नु अज्ञानताको द्योतक हो । त्यस दर्शनले साम्राज्यविरोधी र वैज्ञानिक समाजोन्मुख क्रान्तिका आधार खडा गरेको र त्यसकै प्रभावमा नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको इतिहास भुल्नु हुँदैन ।” शान्ति र समृद्धिको जनताको चाहनालाई पूरा गर्न चाँडो लोकतान्त्रिक संविधान जारी गराउन एमालेले निर्णायक भूमिका निर्वाह गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो । कार्यक्रममा नेता माधवकुमार नेपालले बुर्जुवा वर्गका धेरै पार्टी भएजस्तै सर्वहारा वर्गका पनि विभिन्न कम्युनिस्ट पार्टी हुनु अन्यथा नभएकाले जनताका बीचमा राम्रो काम गरी स्थापित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अन्य पार्टीहरु जनताको बीचबाट विस्तारै अलोकप्रिय बन्दै गएको सन्दर्भमा एमालेका लागि मैदान खाली छ भन्नुभयो । नेता नेपालको भनाइ छ, “त्यसका लागि एमालेका नेताबीच मन, वचन र कर्मबाट आत्मीय एकता आवश्यक छ ।” उपाध्यक्ष विद्यादेवी भण्डारीले विदेशी मुलुकका उतारचढावको अनुभवसहितका आधारमा नेपालका कम्युनिस्ट पार्टीले जनताको शान्तिपूर्ण तथा लोकतान्त्रिक चाहना र आवश्यकतालाई बुझेर अघि बढ्न नसकेमा कम्युनिष्ट पार्टी धरासायी हुने बताउनुभयो । उहाँले एमाले बलियो भएर खडा भएको अवस्थामा मुलुकको पनि उन्नती र प्रगति हुने बताउँदै त्यसका लागि आन्तरिक एकता आवश्यक रहेको बताउँदै भन्नुभयो, “आन्तरिक एकतालाई नेताको आवश्यकता नभई राष्ट्रको आवश्यकताका आधारमा आफूले के पाउने भन्दा पनि मुलुकलाई के दिइयो र भावी पुस्तालाई कसरी प्रशिक्षित गर्ने सकिन्छ भन्ने हिसाबले सोच्नुपर्छ ।” महासचिव ईश्वर पोखरेलले अहिलेका सन्दर्भमा जबजका आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यका लागि एमाले अग्रसर हुन तयार रहेको बताउनुभयो । पार्टीका सचिव गोकर्णराज विष्ट, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पनि कम्युनिस्ट पार्टीको मूल प्रवाहका रुपमा एमाले नै भएको बताउनुभयो ।
ऐतिहासिक तस्विर प्रदर्शनी
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका आयोजित कार्यक्रममा कम्युनिस्ष्ट पार्टी स्थापनाकाल (विसं. २००६) देखि गत नवौं महाधिवेशनका ऐतिहासिक झलक प्रस्तुत हुने तस्विर प्रदर्शनी गरिएको थियो । एमालले विभिन्न महाधिवेशनबाट चयन गरिएका आफ्ना पार्टी प्रमुख (अध्यक्ष तथा महासचिव) का तिथि मिति खुलाएर उहाँहरूको तस्विरलाई पनि महत्वका साथ प्रस्तुत गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]