
काठमाडौँ । अस्ट्रेलियामा रहेर पनि आफ्नो सांगीतक यात्रालाई निरन्तरता दिँदै गायक तथा र्यापर उज्जल घिमिरेले नयाँ ‘मै हुँ’ सार्वजनिक गरेका छन् । र्याप शैलिमा रहेको यो गीतमा शब्द र स्वर उज्ज्वल घिमिरेकै रहेको छ । गत बिहीवार उज्ज्वलको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा सौरभ ठकुरीको म्युजिक, मिक्सिङ्ग र मास्टरिङ्ग रहेको छ ।
गीतलाई अस्ट्रेलियाको मेल्बर्न शहरमा रहेको मेक मनि रेकर्ड्स स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतको भिडियो अभियान थापाले तयार गरेका छन् ।