जाजरकोटमा ४ हजारभन्दा बढीको उपचार, २५ प्रतिशतमा स्वाईन फ्लूको लक्षण


health ministryजाजरकोट जिल्लामा फैलिएको रुघाखोकीजन्य प्रकोपबाट २६ जनाको मृत्यु र करिब चार हजार प्रभावित भएपछि सरकारले प्रकोप नियन्त्रणमा गरिएको प्रयास सार्वजनिक गरेको छ । गृह मन्त्रालयको आपत्कालीन कार्यसञ्चालन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनी र सोही महाशाखाका जनस्वास्थ्य अधिकृत भीमप्रसाद सापकोटाले जाजरकोटको विभिन्न क्षेत्रमा फैलिएको सो प्रकोपबाट गत सोमबारसम्म २४ जनाको मृत्यु भएको पाइएको र प्रभावित चार हजार १७० जनाको उपचार गराएको जानकारी दिनुभयो । ती बिरामीमध्ये २५ प्रतिशतमा मात्र यस्तो प्रकोपसँग मिल्दोझुल्दो लक्षण देखिएको र ७५ प्रतिशत बिरामीमा भने अन्य रोगबाट प्रभावित भएको पाइएको उहाँले जानकारी दिनुभयो । मृत्यु भएका २४ मध्ये दुई जना उपचार गराई फर्केपछि मृत्यु भएको तर अन्य २२ जना भने सम्पर्कमै नआएकाले तीनको मृत्युको कारण थाहा पाउन नसकिएको बताइएको छ । जाजरकोटको विभिन्न भागमा फैलिएको सो रोग नियन्त्रणका लागि हिजोसम्म नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्वास्थ्य मन्त्रालयअन्तर्गतका १८ चिकित्सक ५१ स्वास्थ्यकर्मी र ६३ परिचालन गरिएकामा आज थप १० चिकित्सक र २३ स्वास्थ्यकर्मी खटाइएको छ । चैत महिनाको पहिलो साता टारेगाउँस्थित एक विद्यालयमा एसएलसीको परीक्षाका लागि आएका विद्यार्थी वा तिनका अभिभावकबाट सो रोग फैलिएको अनुमान भएको स्वास्थ्य सेवा विभागले गरेको छ । जाजरकोट जिल्लाका आसपासका क्षेत्रमा पनि सतर्कता अपनाई रोग नियन्त्रणका कार्य भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]