ओलीको सेटिङ भत्कियो, संसद् पुनर्स्थापना हुन्छ : अध्यक्ष प्रचण्ड !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङ भत्किएकाले प्रतिनीधिसभा पुनर्स्थापना हुने बताएका छन् । आज (आइतबार) प्रवासी नेपाली एकता मञ्चले आयोजना गरेको भर्चअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, शुक्रबार नै प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको बहस सकिएकाले संसद् पुनर्स्थापना हुनेमा आफु विश्वस्त भएको बताए । उनले भने, ओलीको सेटिङ भत्किएको छ, अब संसद पुनर्स्थापना हुन्छ, तपाईहरु ढुक्क भए हुन्छ, । संसद पुनर्स्थापना हुने भएपछि ओली छटपटिन लागेको भन्दै आफु अनुकुल अदालतको निर्णय नआए आन्दोलनको धम्की दिन लागेको बताए ।

उनले भने प्रधानमन्त्रीको होस हवास उडेको छ, उहाँले उपराष्ट्रपति र सभामुखको अपमान गर्दै हिड्नु भएको छ, । उनले प्रधानमन्त्रीको यो कदमकाविरुद्ध हामि एक्लै नभएको बताएका छन् । उनले भने सडकमा हामि एक्लै छैनौँ, ओली गुट बाहेक सबै दल प्रतिनीधिसभा पुनर्स्थापनाको पक्षमा रहेका छन्, । उनले ओलीइतरका ९० प्रतिशत सांसद प्रतिनीधिसभा बिघटनको विपक्षमा रहेको दाबी गरे । उनले निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता दिने बताए । ‘निर्वाचन आयोगमा परिस्थिति अलि सङ्लियो भन्ने लागेको छ,’ दाहालले भने ।

कोरोना माहामारीले अलपत्र परेका नेपालीलाई उद्धार गर्नुपर्छ भन्दा ओलीले मजाक उडाएको उनको भनाइ छ । दाहालले अब आउने दिनहरुमा यस्तो अवस्था आउन नदिने प्रतिवद्धता समेत जनाए । गैरआवसीय नेपालीको दोहोरो नागरिताको सवालमा पनि आफु गम्भीर रहेको बताए । उनले भने दोहोरो नागरितामा देखिएका समस्यालाई समधान गरि छिट्टै प्रभाकारीरुपमा कार्यन्ययनमा ल्याइने बताए । उक्त कार्यक्रममा नेपाल स्थायी घर भै कामको शिलशिलामा विदेशी भुमीमा बसेका नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team