प्रवासी नेपाली एकता मञ्चको भिक्टोरियामा कार्यसमिति गठन, गौतम अध्यक्ष !

मेलबर्न, अष्ट्रेलिया ।

नेपाल कम्युनिष्ट पार्टीको शुभेच्छुक संगठन प्रवासी नेपाली एकता मञ्चको भिक्टोरिया कार्यसमिति गौतम लामिछानेको अध्यक्षतामा गठन गरिएको छ । प्रचण्ड माधव नेपाल समूहको निकट रहेको मञ्चको आईतबार बसेको भेलामा प्रमुख अतिथिका रुपमा विदेश विभाग प्रमुख युवराज चौलागाईं सहभागी थिए भने भर्खरै चुनिएका अष्ट्रेलिया अध्यक्ष राजनकुमार बस्नेत, सचिव प्रवीण कँडेल लगायतको उपस्थितिमा भर्चुअल माध्यमबाट भएको भेलामा संस्थाका केन्द्रीय सदस्य प्रकाश सेढाईले स्वागत गरेका थिए ।

अष्ट्रेलियाका कार्यसमिति सदस्य लोकराज पौडेलले आफुले गरेको प्रस्तावलाई सर्वसम्मतिले नेतृत्व चयन गरिएको जानकारी एमएनटीभीलाई दिए । नवगठित कार्यसमितिको सचिवमा विक्रम साह चुनिएका छन् भने सदस्यहरुमा सजना मानन्धर, विनोद पौडेल, हिक्मत रानामगर, प्रेम शर्मा, सुमन शर्मा, प्रतिक पोखरेल, राजन अर्याल, निरज सिंखडा, प्रकाश सिंखडा, रमेश बेल्बासे, श्याम पौडेल, निराजन धमला, सुवास बस्नेत, सुवास खनाल, सन्तोष राजवंशी, डीवी थापा, माधव भट्ट, धन लामा, सन्तोष पराजुली, दिवस पौडेल, अश्विन कुल, राजु शर्मा, मनोज दाहाल, प्रशान्त दाहाल, मिलन ज्ञवाली, लबेन्द्र कँडेल, अन्जन त्रिपाठी, श्याम बस्नेत, दाताराम लम्साल, नवराज अर्याल सर्वसम्मत भएका थिए ।

नयाँ कार्यसमितिको पहिलो बैठकले ६ सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ । जसमा अनन्त पौडेल, तारा गैरे, तारालाल घिसिंग, माधव अधिकारी, कृष्णराज भट्ट, जगदिश देवकोटा रहेका छन् । कार्यक्रमको सञ्चालन प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका कार्यसमिति सदस्य निराजन गौलीले गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team