स्ववियु चुनाव गराउन अदालतको आदेश, तीन महिनाको समय


courtसर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तीन महिनाभित्र गराउन परमादेश दिएको छ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले स्ववियु निर्वाचन गराउन सरकार र त्रिवि विश्वविद्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । राष्ट्रिय जनमोर्चानिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु(छैटौँ)का महासचिव विमलप्रसाद पोखरेलले गत असार ३२ गते सरकार र त्रिवि कार्यकारी परिषद्लाई विपक्षी बनाएर रिट निवेदन दायर गर्नुभएको थियो । यसअघि अदालतले तत्कालीन स्ववियु पदाधिकारीलाई कुनै पनि काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]