नोभाक जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि

अष्ट्रेलिया । सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । उनले लगातार तेस्रो पटक वर्षको पहिलो ग्राण्डस्लाम जितेका हुन् ।

फाइनल खेलमा जोकोभिचले मेडेडेभलाई ७-५, ६-२ तथा ६-२ को सेटमा पराजित गरेका हुन् ।

जोकोभिचको यो १८ औँ ग्राण्डस्लाम हो । उनी अहिले रोजर फेडेरर तथा राफायल नाडालभन्दा जम्मा २ वटा ग्राण्डस्लामले पछि छन् ।

अष्ट्रेलियन ओपन जितेका जोकोभिचले नयाँ किर्तिमान पनि बनाएका छन् । उनले अहिलेसम्म मेलबर्नमा खेलेका सबै फाइनल खेल जितेका छन् ।

यो जोकोभिचको नवाैँ अष्ट्रेलियन ओपनको उपाधि हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team