विवाह गरेपछि रजिनाले गीत गाउन छोडेकी हुन् ? यसो भन्छिन् रजिना रिमाल

काठमाडाैँ । नेपाल गीत संगितको क्षेत्रमा ठूलो चर्चा कमाएकी गायिका हुन् रजिना रिमाल । ‘पानीको फोका जस्तै फुट्यो हाम्रो माया’ तथा ‘नाइ नभन्नु ल’को गीत ‘म मर्ने बेला तिमि चाँही आउनु’ बोलको गीत चर्चित छन् ।

यतिबेला उनका गीतहरू कमै देखिएका छन् । उनका समर्थकहरूले प्रश्न सोध्न थालेका छन्, ‘विवाह गरेपछि रजिना रिमालले गीत गाउन छोडेकी हुन् ?’

तर, रजिना रिमालले भने यसो नभएको बताएकी छन् । इन्ट्रो नेपालले लिएको युट्युब अन्तर्वार्तामा आफ्नो कर्म नै संगीत भएकाले संगीतबाट टाढा हुन नसक्ने बताएकी छन् । वैवाहिक जीवनले सांगितिक यात्रामा कुनै प्रभाव नपार्ने उनको तर्क छ ।

रजिनाले देखिने रूपमा नभएता पनि पूर्ण रूपमा संगीतमा नै सक्रिय रहेको बताएकी छिन् । रजिना रिमाल अहिले एमएनटिभी अष्ट्रेलियाले सञ्चालन गरेको रियालिटी शो हल अफ फेम-२ मा निर्णायकको भूमिकामा छिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team