हल अफ फेम सिजन-२ मा स्वर्गीय स्वर सम्राट नारायण गोपालको सम्झना

काठमाडाैँ । एमएनटिभी अष्ट्रेलियाले सञ्चालन गरेको अनलाइन गायन प्रतिष्पर्धा लगभग अन्त्यतिर लम्किएको छ । विभिन्न चरणहरू पार गर्दै करीब अन्तिम चरणसम्म आइपुग्दा हल अफ फेम सिजन – २ ले स्वर्गीय स्वर सम्राट नारायण गोपाललाई सम्झिएको छ ।

११ औँ एपिसोडको सुरूवातमा नै यस प्रतियोगिताका निर्णायक मध्ये एक वरिष्ठ गायक दीप श्रेष्ठले नारायण गोपालसँग जोडिएका केही किस्साहरू सुनाएका छन् । दीप श्रेष्ठलले नारायण गोपालको संगीत मोहको प्रशंसा गर्दै धेरै दिन राती अबेर पनि नारायण गोपालको घरसम्म गएको उल्लेख गरेका छन् ।

त्यस्तै, निर्णायक मण्डलकी अर्की सदस्य रजिना रिमालले नारायण गोपालको सबैभन्दा मन पर्ने गीत ‘एउटा मान्छेको मायाले’ भएको बताइन् ।

शब्द, स्वर र संगीतको सही सम्मिश्रणको महत्व नारायण गोपालले दिलाएको निर्णायक मण्डलका सदस्य तथा कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले उल्लेख गरे । नारायण गोपालका गीतहरू बिगत केही पुस्तादेखि सुन्दै र सिक्दै आएकाले नारायण गोपाल अझै पनि अजर अमर भएको धारणा श्रेष्ठले राखेका थिए ।

११ औँ तथा १२ औँ एपिसोडमा प्रस्तुति दिएका ९ जना प्रतष्पर्धिहरूले नै स्वर्गीय स्वर सम्राट नारायण गोपलको गीत गाएका थिए ।

११ औँ एपिसोडमा प्रतिभा देखाएका प्रतिष्पर्धिहरू रूपेश पोख्रेल, पुर्ण विक, नामसिंह राइ, सुदिक्षा तामाङ तथा रोनिश श्रेष्ठले क्रमशः एउटा मान्छेको, सुन म भन्छु, प्रियसीका यादहरू, यति धेरै र पोखिएर घामका झुल्को गीत गाएका थिए ।

११ औँ एपिसोडको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

१२ औँ एपिसोडमा पनि समीर लिम्बु, टिका मगर, जेनी तामाङ तथा विजय सुनारले क्रमशः ‘जुन फुल मैले’, ‘आज भोली’, ‘यति चोखो यति मिठो’ र ‘केही मिठो बात गर’ गीत गाउँदै स्वर्गीय स्वर सम्राट नारायण गोपाललाई सम्झिएका थिए ।

१२ औँ एपिसोड यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

हरेक शुक्रबार र साँझ प्रसारण हुँदै आएको यो प्रतियोगिताको गत एपिसोडमा अन्तिम ९ जनाको प्रस्तुतिसँगै १२ औँ एपिसोड पुरा भएको छ । १२ औँ एपिसोडमा जम्मा ४ जनाले प्रस्तुति दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team