बुद्धजयन्ती मनाउनका लागि मूल समारोह समिति बन्यो, पदयात्रासहित विविध कार्यक्रम गर्ने


Gautamबौद्धनाथ क्षेत्र विकास समितिले २५५९औँ बुद्ध जयन्ती मूल समारोह समिति गठन गरेको छ । समितिका अध्यक्ष सम्पूर्णकुमार लामाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको हो । डो बौद्ध, सामुदायिक सेवा समिति, तीनचुले तामाङ गुठीलगायत संस्था समारोह समितिको सदस्यमा छन् । त्यसैगरी महानगरीय प्रहरी वृत्त बौद्धले बुद्ध जयन्तीका दिन त्यहाँको विशेष सुरक्षा व्यवस्था मिलाउने त्यसमा स्थानीय सामाजिक सङ्घ संस्थाले सहयोग पु¥याउने निर्णय गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको सो समितिले बौद्ध जयन्तीका उपलक्ष्यमा अस्थी धातु प्रदर्शन, शान्ति पदयात्रा, दीप प्रज्वलन, शान्ति र बौद्ध दर्शनको महत्वकाबारेमा विचार गोष्ठी तथा कवि गोष्ठी, काठमाडौँ उपत्यका स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने निर्णय गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । काठमाडौँको उत्तरी भेगमा पर्ने बौद्धनाथको चैत्यमा बुद्ध जयन्तीका दिन भक्तजनको ठूलो मेला लाग्दछ । यही वैशाख २१ गते बुद्ध जयन्ती परेको छ । त्यस दिन विभिन्न मुलुकबाट पनि धर्मगुरु दर्शनका लागि आउने गर्दछन् । सो समितिले त्यस क्षेत्रको विकास तथा स्थानीय बौद्ध संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउन विभिन्न कार्य गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]