टिपरको ठक्करबाट नेपाली सेनाका जवानको मृत्यु !

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका(५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे१क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे१०प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको ज्यान गएको हो ।

मोटरसाइकललाई ठक्कर दिएलगत्तै टिप्पर भागेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team