फेसबुकले शेयर गर्न रोकेपछि अष्ट्रेलियन समाचारसंस्थामा १३ प्रतिशतले पाठक कमी !

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका समाचार प्रदायक वेवसाईटहरुमा पाठकको कमी देखिएको छ । फेसबुकले समाचारलाई शेयर गर्न रोक लगाएपछि १३ प्रतिशतले कमी आएको बताइएको छ । बिहीबार अष्ट्रेलियन समय अनुसार विहान साढे पाँच बजेदेखि अबरुद्ध भएको समाचारको शेयरका कारण १३ प्रतिशत कम पाठकहरु आफ्नो वेवसाईटमा आएको उनीहरुले बताएका हुन् ।

अष्ट्रेलियाका २ सय ५५ वेवसाईटहरुमा गरिएको अनुसन्धानबाट अष्ट्रेलिया भित्र १३ प्रतिशतले कमी आएको र अष्ट्रेलिया बाहिरबाटका पाठकहरुमा ३० प्रतिशतले कमी आएको देखाएको छ ।

यो अनुसन्धान गर्ने कम्पनी चार्टविटका प्रमुख प्रविधि वि जोश स्वार्टजले “फेसबुककै मात्र भर नपरेका कारण यसले पार्ने प्रभाव त्यति धेरै कारगार नदेखिएको” बताएका छन् ।

पहिले फेसबुक बन्द भएको बेलामा मानिसहरुले जसरी समाचार साईटहरु खोज्दथे त्यस्तै भएको र असर सामान्य नै रहेको उनले बताए । तर, उनले अष्ट्रेलियन समाचार साईटहरुमा फेसबुकको प्रभाव निकै रहेको भने स्वीकार गरे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team