भिक्टोरियामा फेरि तीन नयाँ कोरोना संक्रमित भेटिए

मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरियाले आफ्नो लकडाउनलाई खुकुलो बनाएको भोलिपल्ट बिहीबार गरिएका परीक्षणको नतिजामध्ये तीन जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा प्राप्त भएका २१ हजार २ सय ९२ परीक्षणका नतिजामध्ये तीन स्थानीयलाई कोभिड १९ कोरोना संक्रमण देखिएको हो । यससँगै राज्यमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

यी तीनैजना व्यक्तिहरु क्वारेन्टीन होटल होलिडे ईनसँग जोडिएकाहरु छन् । यी व्यक्तिहरु यसअघि नै क्वारेन्टीनमा रहेका कारण समूदायस्तरमा थप कुनै खतरा उत्पन्न नगर्ने अपेक्षा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team